(१) कुनै करदाताको नाममा दर्ता भएको धारामा अरू कसैको हक हुन आएमा सो धारा आफ्नो नाममा दर्ता गराउन एक महिनाभित्र तोकिएको अड्डामा लिखित निवेदन दिनुपर्छ । सो म्याद नाघेपछि निवेदन दिएमा बढीमा रु १०।– दशसम्म तोकिएको अड्डाको हाकिमले जरिवाना गरी उपदफा (२) बमोजिम कारवाई गर्नेछ ।
(२) कसैले आफ्नो नाममा दर्ता भएको धारा अरू कसैलाई हक छाडी दिएमा आफ्नो नामबाट सो धाराको लगत कट्टा गर्न एक महिना भित्र तोकिएको अड्डामा लिखित निवेदन दिनुपर्छ । सो म्याद नाघेपछि निवेदन दिएमा तोकिएको अड्डाको हाकिमले बढीमा रु. १०।– दशसम्म जरिवाना गरी निजको नामबाट सो धाराको लगत काटिदिनु पर्छ ।
(३) उपदफा (१) बमोजिम कसैको निवेदन परेमा तोकिएको अड्डाले तोकिए बमोजिम आवश्यक जाँचबुझगरी सो धारामा अरू कसैको दावी नदेखिए सो धारा निजको नाममा दर्तागरी दिनुपर्छ र अरू कसैको दावी परेमा तोकिएबमोजिम कारवाई गर्नुपर्छ ।